प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८० भाद्र ७, बिहीबार ०२:०१ बजे

काठमाडौं – झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते भएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधवार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो ।

श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा श्रीमानलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर दम्पती नै घाइते भएका थिए । घाइतेमध्ये श्रीमान् अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते श्रीमतीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।