हेटौंडा – तपश्वी रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन, विदेशी मुद्रा पनि फेला परेको हो।
बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गन्दा तीन करोड तीस लाख ७५ हजार रहेको र सबै हजार हजारको गड्डीहरू भेटिएको ब्युरो प्रमुख किरण ब्रजाचार्यले जानकारी दिईन् । डलर लगायत विदेशी पैसा गन्न बाँकी रहेको उनले बताईन् ।
उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ। तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएको आरोपमा बमजनलाई मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ५ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन्।