प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने मण्डपबाटै पक्राउ

२०८० असार ८, शुक्रबार ०३:११ बजे

काठमाडौं – जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने मण्डपबाटै पक्राउ परेका छन् । सुनसरीको इटहरी–१९ का साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको हो ।

जेठी श्रीमतीले उजुरी दिएपछि गौरा दह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरीले बेहुला र उनका बाबुलाई पक्राउ गरेको हो । बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।