हेटौंडा – नारायणी नदीको बगरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शनिबार भरतपुर महानगरपालिका वडा नं.२८ सिशाबासस्थित नारायणी नदीको बगरमा अन्दाजी ४५ बर्षीष पुरुषको शव फेला परेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार ती मृतक पुरुषको हाल नामथर वतन नखुलेको छैन । शव पोष्टमाटमको लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ । शव पहिचानको लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।