प्रहर खबर
 २०८३ कार्तिक ९, आइतवार    

सन्दीप लामिछाने बिहीबार नेपाल आउने

२०७९ आश्विन १५, शनिबार ०६:२० बजे

काठमाडौं – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल आउने भएका छन्। उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल आउने बताएका हुन्।

आफू निर्दोष रहेको बताउँदै आएका लामिछानेले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। उनीमाथि १७ वर्षीया बालिकालाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको आरोप छ। 

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिज गएका थिए।

उनीविरुद्ध काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।