हेटौंडा – घरबाट निस्किएकी महिला बारीमा मृत भेटिएकी छन् । बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं.५ भोटेयमुनाकी ५० बर्षीय बसुम डोल्मा लामा मृत भेटिएकी हुन् ।
प्रहरीका अनुसार उनी गत पुस ५ गते घरबाट निस्किएकी थिइन् । खोजतलास गर्ने क्रममा सोमबार बिहान १० बजेर ३० मिनेटको समयमा आफ्नै घरबाट करिब १ किलोमिटर दक्षिणतर्फ बारीमा लामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको मुचुल्कासहित शव परीक्षणका लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटनाको प्रकृती र शवको अवस्था हेर्दा जंगली जनावारको आक्रमणबाट उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।