काठमाडौं – घुम्न जाने भनेर घरबाट हिँडेका बझाङका एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–२ घोगाणा घर भएका ४५ वर्षका विक्रम बोहरा मृत फेला परेको हो ।
बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडेका बोहरा अबेरसम्म नआएपछि आफन्तले खोजी गरेको थिए । खोजीको क्रममा बिहीबार सोही ठाउँको बमेडिखान भन्ने स्थानमा मृत फेला पारेको प्रहरीले जनाएको छ ।
शव पोष्टमाटम गरेर दाहसंस्कारका लागि आफन्तले बुझिसकेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।