प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आज विजया दशमी: बिहानै देशका अधिकांश स्थानमा भारी वर्षा, यस्तो छ तीन दिनको मौसम

२०७९ आश्विन १९, बुधबार ०१:१२ बजे

काठमाडौँ – आज विजया दशमी, देशभर बदली हुनेछ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।

नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाल जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्य देखि पुर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ भोलि र पर्सिको पूर्वानुमान:–