प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप : प्रजिअको कदमप्रति पत्रकार महासंघको असन्तुष्टि

२०८२ असार ६, शुक्रबार १९:२६ बजे

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले बुझाउने ज्ञापनपत्रको कार्यक्रममा पुगेका सञ्चारकर्मीलाई फोटो खिच्न र भिडियो छायांकन गर्न रोक लगाएको घटना प्रति नेपाल पत्रकार महासंघ मकवानपुरले गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघका उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल र मनिल महतोसहितका पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारीले कार्यकक्षमा प्रवेश नदिई तस्बिर खिच्न र भिडियो खिच्न रोक लगाएको जनाइएको छ।

नेपाल पत्रकार महासंघ मकवानपुरले सार्वजनिक स्थलमा सञ्चारकर्मीको उपस्थिति स्वाभाविक भएको उल्लेख गर्दै, यस्तो रोकथाम लोकतान्त्रिक मुल्य मान्यताको विपरीत रहेको बताएको छ ।

महासंघले प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने गरी समाचार सङ्कलनमा कुनै अवरोध नपरोस् भनी सम्बन्धित सबै निकायलाई अपिल गरेको छ।

संविधान २०७२ को प्रस्तावनामा उल्लेखित प्रेस स्वतन्त्रताको मान्यतालाई ध्यानमा राख्दै, महासंघले प्रमुख जिल्ला अधिकारीलाई आगामी दिनमा यस्ता प्रेसविरोधी गतिविधि नगर्न आग्रह गरेको छ।

No description available.