प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुरुङ बनाएर ३ घरमा चोरी गर्ने ग्याङ्ग्का एकजना पक्राउ

२०८१ आश्विन ५, शनिबार ०६:३० बजे

हेटौंडा – रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् ।

गत असार २४ गते राती बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर स्थानीय चन्देश्वर दास तत्मा, लक्ष्मी दास र राम नारायण साहको घरमा चोरी गरेका थिए ।

चोरहरूको समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरू चोरी गरेको प्रहरी नायब उपरीक्षक डिएसपी एलिजा गिरीले बताइन् ।

घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा हकको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।