प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री राउतको काउन्टर: कांग्रेसका तीन मन्त्रीको पद चैट

२०७९ आश्विन २८, शुक्रबार ०८:२६ बजे

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री राउतले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादव, महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मालाई हटाएका हुन्।

संघीय सरकारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार हटाएका हुन्।

मुख्यमन्त्री राउतले बिहीबार बेलुका नै तीनै जनालाई फोन गरी राजीनामा गर्न आग्रह गरे पनि नमानेपछि तीनै जनालाई बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।