प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८० जेठ १४, आईतबार ०३:३६ बजे

काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।