प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

२०८० आश्विन ४, बिहीबार ०७:१२ बजे

काठमाडौँ – सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझी रहेका छन् ।

असोज ३ गते दायाँ हातको औँलामा सर्पले टोकेपछि माझीलाई दुधौली स्थित सर्पदंश अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।