प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इट्टाले हानेर छोराको हत्या, बुवा पक्राउ

२०८० बैशाख १६, शनिबार ०८:४९ बजे

काठमाडौं – इट्टाले हानेर छोराको हत्या गरेको अभियोगमा कैलालीमा बुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ का ४७ वर्षीय बुवा महेशकुमार चौधरी रहेका छन् ।

बाबुले इटाले हानेर छोराको हत्या गरेको भन्ने सूचना प्रहरी कहाँ आएको थियो।

बुवा महेशकुमारले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको प्रहरीको आरोप छ। घरदेखि पर रहेको जंगलमा लगेर इँट्टाले हानेर हत्या गरेको प्रहरीको दाबी छ ।

शनिबार दिउँसो १२ बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीमा एक पुरूषको शव फेला परेको थियो । शव फेला परेपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा टोली खटिएको थियो।

अरोपी बुवा महेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।