काठमाडौं – कागेश्वरी मनोहरामा गोली प्रहारबाट दुई जना घाइते भएका छन्। शनिबार राति साढे १० बजे कागेश्वरी मनोहरा नगरपालिका-७ रिद्धिसिद्धि बसपार्क नजिक अर्जुन श्रेष्ठको घरभित्र गोली चलेको हो।
गोली प्रहारबाट घरधनी ५० वर्षीय अर्जुन श्रेष्ठ र उनकी श्रीमती ४७ वर्षीया शान्तिदेवी श्रेष्ठ घाइते भएका छन्। दुवैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घटनामा संलग्न खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ का ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ। पारिवारिक र व्यक्तिगत विवादका कारण उनले पेस्तोल लिएर श्रेष्ठको घरमा प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, साहिरलाई नियन्त्रणमा लिने क्रममा झडप हुँदा दुई जना घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।