हेटौंडा – एनआइसी एसिया बैंकको एटिएममा तोडफोड भएको छ । वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित लिंकरोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिकाद्द५ मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् । उक्त एटिएमको ढोकाको सिसा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।