हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.१ बाघचौरमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा
बाघचौरको भित्री सडकखण्डमा तान्द्राङबाट बाघचौर जादै गरेको ना २८ प २२८३ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४ बर्षीया प्रिया गोले घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते बालिकाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।