हेटौंडा – मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–२, खारखोला बस्ने अन्दाजी ५५/५६ वर्षीय मोदनाथ सापकोटा रहेका छन् ।
भिमानबाट डकाहातर्फ आउँदै गरेको प्रदेश ०२–०२८ प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सापकोटाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।