प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशका पाँच जिल्ला, मकवानपुरको यी सडकमा टाइम कार्ड लागू (सूचीसहित)

२०७९ आश्विन १५, शनिबार ०२:२२ बजे

हेटौंडा – मकवानपुरको पुर्वपश्चिम राजमार्ग र हेटौंडा–भिमफेदी–फाखेल–काठमाडौं सडकमा टाइम कार्ड लागु गरिएको छ ।

चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तिब्र गतिमा सवारी साधन चलाउने, सवारी नियमको उल्लङ्घनका हुने दुर्घटना सवारी दुर्घटना न्युनिकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न टाइम कार्ड लागु गरिएको हो ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–चुरियामाई ७ किलोमिटर १० मिनेट, हेटौंडा–मनहरी ३२ किलो मिटर ५० मिनेट र मनहरी–लोथर १२ किलोमिटर २० मिनेटको समय तोकिएको छ ।

त्यस्तै हेटौंडा–भिमफेदी–फाखेल–काठमाडौं सडक अन्तर्गत भैसें–भिमफेदी १२ किलोमिटर ३० मिनेट र भिमफेदी फाखेल २७ मिलोमिटर पार गर्न १ घण्टा ३० मिनेट समय तोकिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेश अन्तर्गतका मकवानपुर सहित पाँच जिल्लाको प्रमुख राजमार्गहरुमा टायम कार्ड लागु गरिएको छ । सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागु गरिएको छ ।

त्यस्तै चाडपर्वलाई लक्षित गरी चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराएर शुक्रबादेखि लागु भएको हो ।

टायमकार्ड लागु भएका राजमार्गहरुमा मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङसम्म थप गरिएको हो ।

टायमकार्ड लागु गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाएर सवारी आवागमनको व्यवस्था मिलाईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

टाइम कार्ड लागू सूचीसहित