हेटौंडा – सिन्धुली र काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
गौरीटार रंगशालामा भएको सेमिफाइनलमा सिन्धुलीले नुवाकोटलाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
सिन्धुलीको जितमा सचना लो, सेमिका परियार र बिटिशा बम्जनले १–१ गोल गरिन् ।
अर्को सेमिफाइनलमा काठमाडौंले चितवनलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको जितका लागि एलिना तामाङ र सरस्वती ऐरले गोल गरिन ।
सिन्धुली र काठमाडौं स्वर्ण पदकका लागि बिहीबार २ः०० बजे फाइनल खेल खेल्ने छन् । यसअघि पहिलो संस्करणमा मकवानपुरले स्वर्ण जितेको थियो ।