काठमाडौँ – धादिङको बेनिघाट रोराङ गाउँपालिकामा घाँस काट्न गएका आमा छोराको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–२ का १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङ छन् ।
सोमबार साढे ५ बजे घाँस काट्ने क्रममा पिठ्युँमा बोकेको छोरासहित अप्सरा लडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अप्सरा गर्भवती पनि थिइन् । आमा र बच्चाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल धादिङमा ल्याएको प्रहरीले जनाएको छ ।