काठमाडौं – सरकारले देशको १७ वटा अस्पतालमा कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । मन्त्रालयले सात वटा प्रदेशको १७ वटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएको जनाएको छ ।
कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ संघ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । उक्त विरामीको उपचार गर्दा पैसा तिर्नु नपर्ने समेत मन्त्रालयले जनाएको छ ।
यि हुन् कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार हुने अस्पतालहरुः–
प्रदेश नं १ :– कोसी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
मधेस प्रदेशः– जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज
बागमती प्रदेशः– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
गण्डकी प्रदेशः– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ
लुम्बिनी प्रदेशः– लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज
कर्णाली प्रदेशः– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर
सुदूरपश्चिम प्रदेशः– सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल