प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८० जेठ २९, सोमबार ०१:११ बजे

चितवन – चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले आक्रमण गर्दा भरतपुर २५ घर भई भरतपुर २३ धुर्बघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनी आइतबार साँझ ७ बजेतिर घर नजिकै हरियाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएको बखत गैँडाको आक्रमणमा परेका थिए । गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।