प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक अधिकारी पक्राउ

२०८१ जेठ २२, मंगलबार २०:३५ बजे

कास्की – पोखरामा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३२ स्थित युनिभर्स इङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा शिक्षक पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा रूपा गाउँपालिका-६ खोलाको छेउ बस्ने ३२ वर्षीय सुदिप अधिकारी रहेका छन् । अधिकारीले ती बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी लट्ठीले प्रहार गरी घाइते बनाएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । उक्त कसुरमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।