प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विद्युत प्राधिकरणको नाफा घट्यो

२०८० श्रावण २५, बिहीबार १३:४६ बजे

काठमाडौँ – विद्युत प्राधिकरणको नाफा घटेको छ । प्राधिरकणको नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ४ करोड रुपैयाँले घटेको हो ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन गत आर्थिक वर्ष १२ अर्ब ३३ करोड रुपैयाँमा मात्रै सिमित बनेको रातोपाटी डटकममा समाचार छ । आर्थिक वर्ष २०७७/७८ मा भने प्राधिकरणले जम्मा ६ अर्ब १० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा प्राधिकरणले बिजुली बेचेर गर्ने आम्दानी १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । जुन, अघिल्ला दुई वर्षमा ८१ अर्ब रुपैयाँमा सिमित थियो । यस्तै, प्राधिकरणको सञ्चित नाफा ११ अर्ब रुपैयाँबाट बढेर ३६ खर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।