प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनचाँदीको मूल्य स्थिर

२०७९ कार्तिक ६, आईतबार ०७:४१ बजे

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।