प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशको निर्वाचन अधिकृत परिवर्तन, संजेल इन कार्की आउट

२०८० पौष १९, बिहीबार १८:३८ बजे

हेटौंडा – निर्वाचन आयोगले आगामी माघ १० गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेश हेटौंडाको निर्वाचन अधिकृत परिवर्तन गरेको छ । आयोगले बिहीबार विज्ञप्तिमार्फत नयाँ निर्वाचन अधिकृतको रुपमा श्रीप्रसाद संजेललाई नियुक्त गरेको जानकारी दिएको हो ।

यसअघि आयोगले ७ वटा प्रदेशको निर्वाचन अधिकृत तोकेको थियो । जसमा बागमती प्रदेश निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीलाई आयोग नियुक्त गरेको थियो । उनी स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न नसक्ने निवेदन पेश गरेपछि कार्कीको स्थानमा जिल्ला अदालत मकवानपुरमा कार्यरत संजेललाई नियुक्त गरिएको आयोगले जनाएको छ ।

 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तोकिएका ७ प्रदेशका निर्वाचन अधिकृतहरु