प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्वर्णका लागि आज मकवानपुर र काठमाडौं भिड्दै

२०८० जेठ १३, शनिबार ०१:०५ बजे

हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि आज घरेलु टोली मकवानपुर र काठमाडौं भिड्दै छन् । फाइनल खेल पिप्ले क्याम्पा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ ।

बिहीबार पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–० गोलले पराजित पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पिप्ले क्याम्पा रंगशालामै बिहीबार भएको दोस्रो सेमिफाइनलमा मकवानपुरले काभ्रेपलाञ्चोकमाथि ३–० गोलको जित निकाल्दै स्वर्णका लागि काठमाडौंसंगको भेट पक्का गरेको थियो।

प्रतियोगिताको फुटबलतर्फ बागमती प्रदेशका कुल १३ टोलीहरुको सहभागिता रहेको थियो । यसअघि महिला फुटबलतर्फको स्वर्ण काठमाडौंले जित्न सफल भयो ।