प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

२०७९ आश्विन ५, बुधबार ०६:१६ बजे

काठमाडौं –  भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।  हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा श्रीवास्तवको उपचारको क्रममा निधन भएको हो ।

व्यायामका क्रममा हृदयघात भएपछि उनी अस्पतालमा ४२ दिनदेखि कोमामा थिए ।उनलाई अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सन् १९६३ डिसेम्बर २५ मा उत्तर प्रदेशको कानपुरमा जन्मेका श्रीवास्तव बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे । उनी हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।

उनले केही फिल्म, टीभी शोमा, रियालिटी शोमा पनि उनले भाग लिएका थिए । स्ट्यान्डअप कमेडियन श्रीवास्तव सन् २००५ को कमेडी सो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी 'बिग बोस'को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले 'मैने प्यार किया', 'बाजिगर', 'आम्दानी अठन्नी खर्च रुपैयाँ' र 'बम्बई टू गोवा'को रिमेकमा समेत अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।