भारतको गुजरातस्थित बडोदराको हरनी तालमा बिहीबार डुंगा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।स्थानीय रिपोर्टका अनुसार यी बालबालिका आफ्ना शिक्षकसँग हरनी ताल घुम्न पुगेका थिए ।
खचाखच भरिएको डुंगामा बोटिङ गरिरहेका बालबालिकाहरूको सुरक्षाका लागि लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट नगरिएको पाइएको प्राप्त समाचारमा जनाइएको छ ।
घटनास्थलमा रहेका एक अभिभावकका अनुसार डुंगामा ३० जना बालबालिका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने उनले बताएका छन् ।