प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तीनजना मृत फेला

२०८० असार १३, बुधबार ०८:२३ बजे

हेटौंडा – पछिल्लो २४ घण्टामा देशभर तीनजना मृत फेला परेका छन्।

प्रहरीका अनुसार दाङ, तुलसीपुर उपमहागनरपालिका-३ एकता टोलस्थित पातुखोला नजिक सल्यान कालीमाटी गाउँपालिका-४ बस्ने ४४ वर्षीय भोला कडेल मंगलबार मृत अवस्थामा फेला परेका छन्।

धनकुटा, छथरजोरपाटी गाउँपालिका-२ हात्तिखर्क सल्ले बस्ने १९ वर्षीय पुर्ण राना मगर सोही ठाउँस्थित बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, भरतपुर महानगरपालिका-२ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।