प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बदाम र पानी बेच्ने छोटुले गरे पिप्ले क्याम्पा रंगशालालाई आर्थिक सहयोग

२०७८ चैत्र ९, बुधबार १३:२१ बजे

हेटौंडा – हेटौंडामा लामो समयदेखि  ठेला ब्यवसाय सञ्चालन गर्दै आएका ठेला ब्यवसायी छोटुले पिप्ले क्याम्पा रंगशालाको लागि आर्थिक सहयोग गरेका छन् । उनले रंगशालाको सुरक्षा कर्मचारीको लागि नगद १० हजार सहयोग गरेका हुन् ।

छोटुले विहिबार विहान हेटौंडा उपमहानगरपालिका वडा नंं.५ स्थित रंगशालामा गएर रंगशालाको सुरक्षाकर्मीलाई १० हजार रकम हस्तान्तरण गरेको पिप्ले युवा क्लबको अध्यक्ष सुशिल घिमिरेले जानकारी दिए । उनी रंगशालामा दर्शकहरुको लागि बदाम, चटपटे, पानी लगायतका खाजाहरु बिक्री गर्थे । सो रंगशालामा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन र पुरुष फुटबलको खेल सञ्चालन भएको थियो ।

उनी करिब दुई दशक देखि हेटौंडामा ठेलामा बदाम, चटपटे, पानी लगायतका खाजाहरु बिक्री गर्ने हेटौंडाका जानकारहरु बताउँछन् । सानो कधका भएकाले उनी छोटु नामले परिचित छन् ।