हेटौंडा - मकवानपुरको थाहानगरमा बुधबार एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । थाहा नगरपालिका–१०, स्थित तल्लो बिसिङ्गखेलमा स्थानीय ५० बर्षीया ज्ञानीमाया गमाल आफै घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् ।
स्थानियले बोलाउँदा ज्ञानीमायाको घरको ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुरको टोली पुगेर स्थानीयहरुको रोहावरमा घरको ढोका खोलेर हेर्दा ज्ञानीमाया खाटमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।