प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भगवती मन्दिरको चन्दा बाकस चोरी

२०७९ कार्तिक १७, बिहीबार १२:४३ बजे

हेटौंडा – काभ्रेमा एक मन्दिरको चन्दा बाकस चोरी भएको छ । जिल्लाको पाँचखाल नगरपालिका–९ पलान्चोकस्थित रहेको भगवती मन्दिरको भित्री कम्पाउण्ड भित्र रहेको २ वटा फलामको चन्दा बाकस चोरी भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अपरिचित व्यक्तिहरुको चोरी समुहले रातीको समयमा उक्त चन्दा बाकस चोरी लगेको हो । यद्दपी चन्दा बाकसमा कति नगद थियो ? भन्ने खुलेको छैन ।

चोरी भएको दुई वटा चन्दाको बाकस मन्दिरदेखि करिब २ किलोमिटर पश्चिमतर्फ भेटवालथोकस्थित बाटो छेउमा फोडेर नगद चोरी भउको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।