प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मासु अड्किएर दुई जनाको ज्यान गयो

२०७९ आश्विन १८, मंगलबार १४:५० बजे

काठमाडौं – दशैंमा मासु खाने क्रममा अड्किएर दुई जनाको ज्यान गएको छ । लमजुङ र चितवनमा मासु खाँदा घाँटीमा अड्किएर एक–एक जनाको ज्यान गएको हो ।

लमजुङमा मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको डीएसपी प्रकाश श्रीमलले बताए । मासुको चौटा खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा गरिएकोमा चिसित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोमबार साँझ चितवन कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको पनि घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । मासु खाने क्रममा घाँटीमा अड्किए पछि क्षेत्रीलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो ।क्षेत्रीको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।