हेटौंडा – प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग रकम माग्ने व्यक्ति पक्राउ परेका छन् । मोरङबाट प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको प्रहरीको आरोप छ ।
उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।