प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

बैतडी केन्द्रबिन्दु भएर भूकम्प गयो

२०७९ जेठ २४, मंगलबार ०९:०३ बजे

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुुसार मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा भूकम्प गएको हो । भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।