हेटौंडा – बारा र बाजुरामा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका २३ मा गएराति ना ५ त ८२ ५० नम्बरको ट्याक्टरमा बा ८० प ४० २१ नम्बरको मोटरसाइकल ठोक्किँदा कलैया २१ बस्ने २५ बर्षीय राजन कुमार रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाजुराको बुढिगंगा नगरपालिका ४ जाडेपानीमा ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमानै मृत्यु भएको छ । बाजुराकै बुढिगंगा नगरपालिका ४ का ३१ वर्षीय खम्म रावतको मृत्यु भएको हो । सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४९ ७२ नंम्बरको ट्याक्टरमा चढ्नेक्रममा बिहिबार बेलुकी पौने ८ बजे ट्याक्टरको टायरले किचेको थियो ।
दुबै ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।