प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आयो, नेपालमा के हुन्छ ?

२०७९ आश्विन ३०, आईतबार १६:०४ बजे

काठमाडौं – नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको छ। निगमले आइतबार विज्ञप्तिमार्फत् जानकारी दिएको हो।

निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ। नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

 निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर हुने बताएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ।

'यो सबै गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रूपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ,' विज्ञप्तिमा भनिएको छ। निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।