प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घट्यो सुनचाँदीको मूल्य

२०७९ भाद्र २, बिहीबार ०६:१० बजे

काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ओरालो लागेको छ। बिहीबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। त्यस्तै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ प्रतितोला कायम भएको छ।

यसअघि बुधबार भने छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। बिहीबार तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो।