झापा – झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुवासले लेखेको सुसाइड नोटसमेत फेला परेको छ ।