काठमाडौं – हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएका धर्मगुरू भनिने आचार्य श्रीनिवास धरौटीमा छुटेका छन्।
बिहीबार उनले जिल्ला प्रशासन कार्यालय धनुषामा ५०० रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रञ्जन आवले जनाकारी दिए। आचार्यले आफ्नो गल्ती स्वीकार गर्दै अबदेखि यस्तो गल्ती नदोहो¥याउने सर्तमा उनलाई धरौटीमा छाडिएको बताईएको छ ।
सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट आचार्य पक्राउ परेका थिए ।
उनले गत शुक्रबार विश्व हिन्दु परिषदको आयोजनामा जनकपुरमा गौहत्याविरूद्ध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा उनले हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए ।