प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा गुडिरहेको अटोबाट यात्रु खसेपछि...

२०८० कार्तिक २९, बुधबार १८:३३ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१२ मगरटोलमा मंगलबार गुडिरहेको अटोबाट खसेर एक जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार ६२ बर्षीया सर्मिला बल रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आपधापबाट हेटौंडा बजार जादै गरेको ना१ ह ८८५४ नम्बरको गुडीरहेको अटोबाट खसेर बल घाइते भएकी हुन् । उनको हेटौंडामा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।