प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भैरव सुतेकै अवस्थामा मृत भेटिए

२०८० जेठ २४, बुधबार १२:४२ बजे

हेटौंडा – काभ्रेपलाञ्चोकमा एक वृद्ध सुतेको अवस्थामा कोठामा मृत भेटिएका छन् ।

पाँचखाल नगरपालिका–५, केराघारी बस्ने ७० वर्षीय भैरव बहादुर बि.क. मृत भेटिएका हुन् ।

धुलिखेल नगरपालिका–४, भेण्डोलस्थित दाईको घरमा आएर बसेका भैरव बुधबार बिहान सुतेको अवस्थामा मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।