प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ माघ २४, मंगलबार ०४:१० बजे

हेटौंडा – धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साह रहेका छन् ।

प्रहरीका अनुसार कुकुरलाई बचाउने क्रममा गएराति ११ बजे ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा गम्भीर गाईते भएका साहको जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।