प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा, मकवानपुरका ६ जना खेलाडी समाबेश

२०८० असार १७, आईतबार १५:३५ बजे

हेटौंडा – नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले विश्वकप छनोट खेल्ने ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रारम्भिक टोलीमा मकवानपुरका ६ खेलाडी समावेश भएका छन् ।

फरर्वाड अन्जन विष्ट, आयुष घलान, डिफेन्डर विमल पाण्डे, अन्जल महर्जन, छिरिङ लामा र गोलरक्षक अनिष देउला प्रारम्भिक टोलीमा अटाएका हुन् । राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेलेका ६ खेलाडी बाहिरिएपछि मकवानपुरका थप तीन खेलाडी प्रारम्भिक टोलीमा परेका हुन् ।

ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा उनले टोलीमा खेलाडी छनोट गरेका हुन् । अन्जन चर्च ब्वाईज युनाईटेड, आयूष संकटा, विमल त्रिभुवन आर्मी, अन्जल फ्रेण्ड्स, छिरिङ र अनिष जावलाखेल युथ क्बलबाट ए डिभिजन लिग खेल्नेका थिए । 

साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरत्रय पुजन उपरकोटी, नविन लामा र मणि लामा तथा फरवार्ड दिपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन् । 

नेपालले सन् २०२६ को विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोटको पहिलो चरणको खेलमा जित निकाले मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ ।खेलाडीको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

३० सदस्यीय प्रारम्भिक नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की
डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई
मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन