प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

२०८० आश्विन १८, बिहीबार १७:४७ बजे

काठमाडौं – क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्। नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डिआइजी कुवेर कडायतले बताए।

चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी बसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताए। गत असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो।

दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनले १२ बलको विश्व कीर्तिमान पनि भंग गरेका थिए। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो।