काठमाडौं – नेपाल सरकारले आइतवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बुधबार एक सुचना जारी गर्दै असार २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा)को दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
सरकारले ईदको अवसरमा हरेक वर्ष बिदा दिदै आएको छ । यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी भएको सुचनामा भनिएको छ ।
