काठमाडौँ – एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ। यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् ।
नेपालको संविधानको धारा ३८(४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने स्पष्ट ब्यबस्था गरेको सांसद बर्तोलाले बताए । यस अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति दुबै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले गरेको देखिदैन’, उनले भने, त्यसैले पुरुष बाहेक महिलाहरु असक्षम र अयोग्य हुन्छन् भनेर बलपूर्वक स्थापित गर्न खोज्नु संविधानको समग्र भावना बिपरित हुने भएकोले हामीले उपराष्ट्रपतिमा पुरुष उम्मेद्बारको विपक्षमा दाबी बिरोध प्रस्तुत गरेका छौं ।



