प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकल दुर्घटनाः एक युवकको मृत्यु, दुई युवती घाइते

२०८० कार्तिक २७, सोमबार ०६:५० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.११ थानाभर्याङ राप्ती पुल नजिकै आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं.४ कमलडाँडा बस्ने २२ बर्षीय महेन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजारबाट थानाभर्याङतर्फ जादै गरको ना६५प ७०५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा मगर सहित तीन जना घाइते भएका थिए ।

घाइते मध्ये मगरको हेटौंडा अस्पतालमा उपचारको क्रममा ११ बजेर ५ मिनेटमा मृत्यु भएको भण्डारीले जानकारी दिए । उनका अनुसार पछाडी सवार हेटौंडा उपमहानगरपालिका वडा नं.२ संगमचोक बस्ने १८ बर्षीया बेबिसा खड्की र हेटौंडा–५ गर्दही बस्ने १९ बर्षीया बिनिता थापा रहेका छन् ।

उनीहरुमध्ये खड्कीलाई थप उपचारको गएराति साडे ११ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । थापा उपचारपश्चात डिस्चार्ज भएकी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।